दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजाने नेकपा सचिवालयको निर्णय « Khabarhub

दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजाने नेकपा सचिवालयको निर्णय


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुबै अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय गर्दै नेकपा सचिवालय बैठक सकिएको छ ।

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा आज भएको छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेका दुबै प्रतिवेदन भोलि बस्ने स्थायी कमिटिको बैठकमा लगेर छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटिको बैठक निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको संकट र त्यसको निवारणसम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय भएको छ ।’

‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत प्रतिवेदनहरु स्थायी कमिटीमा छलफल गरेर अघि बढ्ने कुरा भएको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

स्थायी कमिटीको बैठक पूर्व निर्धारित कार्यसूची अनुसार आइतवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै बस्ने निश्चित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

दुई अध्यक्षबीच आज भएको छलफलमा कुनै सहमति नभएको उनले जानकारी दिए।

‘उहाँहरुका बीचमा आज छलफल भयो। छलफल पार्टीको समस्या र समाधानमा केन्द्रित थियो। तर, आजैको छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन र निस्किसकेको छैन्,’ उनले भने, ‘तर, अध्यक्ष कमरेडहरुका बीचमा छलफलको प्रक्रिया पनि बढ्ने छ। आवश्यकता पर्‍यो भने स्थायी कमिटीका बीचमा पनि पार्टीका नेताहरुको बीचमा र सचिवालयको औपचारिक र अनौपचारिक छलफल हुन्छन्।’

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : ३२ बजे

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री

सुनको मूल्यमा केही गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ

जलजला–सिसाखानी सडक स्तरोन्नति

ढोरपाटन– जलजला–सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ ।  पहिलो

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)

काठमाडौं– काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा

सांसद रिमा विश्वकर्माको प्रश्न: जाहेरी नै दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले पीडितको