यस्ता छन् उखुको जुसका फाइदा « Khabarhub

यस्ता छन् उखुको जुसका फाइदा


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उखु यस्तो बाली हो जसबाट चीनी र गुडरभेली मात्र बनाइँदैन, यसको रस अथवा जुस पनि निकै सेवन हुने गर्दछ ।

उखुको जुस स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक हुन्छ । उखुको जुसमा अत्याधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । जसले हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ । यसले संक्रमणबाट बच्न र बचाउन पनि उत्तिकै सहयोग पुर्याउँछ ।

उखुको जुसमा आइरन, म्याग्नेसियम, क्याल्सियम, भिटामिन, कोबाल्ट, जिङ्क र अनेक किसिमका इलेक्ट्रोलाइट्स पनि पाइन्छन जुन तत्वहरू शरीरको हाइड्रेसनका लागि अति आवश्यक हुन्छन् ।

यसले शरीरमा प्रोटिन स्तर बढाउने काम गरिरहेको हुन्छ । त्यसका साथै ज्वरो र संक्रमण आदिविरुद्ध लड्नमा पनि हामीलाई सहयोग पुर्‍याउँछ ।

उखुको रस विभिन्न किसिमका अन्य रोगहरूमा पनि निकै लाभदायक हुन्छ । ती लाभबारे हामी यहाँ जानकारी दिदैछौँ ।

उखुको जुस डाइयुटेरिक अर्थात् मूत्रवर्द्धक हुन्छ । यसले शरीरमा मूत्रसम्बन्धी क्षेत्रहरूमा संक्रमण हुनबाट जोगाउँदछ । यसबाहेक मृगौलामा पत्थरी हुनबाट पनि यसले बचाउँदछ । मृगौला (किडनी) ले राम्रोसँग काम गरिरहेको भए पनि उखुको जुस निकै सहयोगी हुन्छ ।

उखुको जुस महत्वपूर्ण आयुर्वेदिक औषधि पनि हो । यसले हाम्रो कलेजोलाई पनि शक्ति प्रदान गर्दछ ।

पहेँले रोगको उन्मूलनमा उखुको जुस सेवन वरदान सरह नै हुन्छ । पहेँले रोगमा कलेजोले सही ढंगबाट काम गर्न नसक्दा शरीरका द्रवहरू बिलरुबिनको अधिकता हुन पुग्दछ । यस कारणले गर्दा हाम्रो शरीरको त्वचा (छाला) पहेँलो हुँदै जान्छ ।

यस्तोमा उखुको जुसले शरीरमा प्रोटिन र अन्य पोषक तत्वको कमी पुर्ताल गर्दछ जसले गर्दा पहेँले रोगबाट छुटकारा पाउन धेरै सहयोग मिल्दछ ।

उखुको जुसमा पाइने अल्कालाइन तत्वले गर्दा यसको नियमित सेवनले प्रोस्टेट र ब्रेस्ट क्यान्सर रोगहरूविरुद्ध जुझ्न पनि यो उत्तिकै प्रभावशारी हुन्छ । यस जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन पनि राम्रो सहयोग मिल्दछ ।

उखुको जुसमा ग्लाइकेमिक इन्डेक्स निकै कम हुन्छ । त्यसकारण यो डायबिटिज रोगीहरूका लागि पनि प्रभावशाली औषधि हो ।

यसमा उल्लेख्य मात्रामा खनिज तत्व पाइन्छ जसले गर्दा यो दाँतसम्बन्धी सबै समस्याका लागि एउटा कारगर उपाय हो ।

यदि तपाईंको साँस गन्हाउँछ भने तपाईंले उखुको जुस सेवन गर्नुपर्छ । यसो गरेमा चाँडै नै साँस गन्हाउने समस्याबाट राहत मिल्दछ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ३० बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।