कोरोनापछिको जनजीवन सामान्य हुन खोप मात्र पर्याप्त छैन- डा. सलोई द्रूत « Khabarhub

कोरोनापछिको जनजीवन सामान्य हुन खोप मात्र पर्याप्त छैन- डा. सलोई द्रूत


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको कोभिड-१९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले कोरोनापछिको जनजीवन सामान्य बनाउन कम्तीमा आउँदो वसन्त यामसम्म अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका छन्।

कोभिड-१९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रममा प्रमुख डा. सलोई द्रूत गतिमा फैलिएको संक्रमण रोक्न खोप मात्र पर्याप्त नहुने पनि बताएका छन् ।

मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने आशा जागे पनि खोप लगाउनेवित्तिकै अवस्था सामान्य नुहने उनले बताए ।

खोप लगाएको कम्तीमा ६ महिनादेखि एक वर्षसम्म अवस्था सामान्य हुने लाग्ने उनको आकलन छ ।

अमेरिकामा बिहीवार एफडीएमा यूकेले स्वीकृति दिएको फाइजर कम्पनीद्वारा निर्मित खोपको स्वीकृतिबारे छलफल गरिँदैछ। त्यसपछि १७ डिसेम्बरमा मोडर्नाले तयार पारेको अर्को खोपको स्वीकृतिबारे छलफल गरिँने बीबीसीले जनाएको छ।

डा. सलोईले आइतवार सीबीएस न्यूजसँग भने, ‘मलाई थाहा भएका विवरणअनुसार मैले एफडीएले सकारात्मक निर्णय गर्ने आशा गरेको छु। तर पनि त्यो निश्चय नै उनीहरूको निर्णय हो ,’ उनले भने।

पहिलो चरणको खोप पठाउने काम त्यो स्वीकृति भएको भोलिपल्टै गरिने उनले जनाएका छन् ।

अमेरिकामा एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा अमेरिकाका दशौँ लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा जनाइएको छ।

उनले खोप  आयो भन्दैमा लापरबाही नगर्न पनि आग्रह गरेका छन् ।

मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ४५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी