भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा श्रुतीले जितिन् दुई स्वर्ण पदक « Khabarhub

भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा श्रुतीले जितिन् दुई स्वर्ण पदक


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा सम्पन्न २१औँ विश्व पावर लिफ्टिङमा सुर्खेतकी श्रुती कार्कीले दुई स्वर्णपदक जितेकी छन् ।

भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन् ।

मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म सञ्चालन भएको पावर लिफ्टिङ वर्ल्र्ड कप–२०२० मा नेपालका तर्फबाट श्रुतीसँगै हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण जितेका छन् ।

राजेश सुवालले एक रजत पदक जितेका छन् । ओभरहलमा श्रुतीले व्यक्तिगततर्फ थप एक स्वर्ण जितेकी छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ निवासी .श्रुतीले कर्णाली खेलकुदको क्षेत्रमा पनि पछि भन्नेका स्वर्णपदक जितेर देखाएकी सुर्खेत जिल्ला फुटबल संघको उपाध्यक्ष प्रमोद हमालले बताए ।

कार्कीसहित नेपाली खेलाडीको हौसला बढाउन एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरी, सहसचिव एवं म्यानेजर प्रशिक्षक केदारमान स्थापित सहभागी थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : १९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार