'इम्युनिटी' घट्न नदिने ७ खानेकुरा | Khabarhub Khabarhub

‘इम्युनिटी’ घट्न नदिने ७ खानेकुरा


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाको कहरका बेला कसरी इम्युनिटी बढाउने भन्ने चिन्ता सैलाई हुन्छ । खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।

अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् ।

खानपानमा विशेष ध्यान दिंदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार इम्यूनिटी पावर बढाउनका लागि खानामा केही विशेष परिकार समावेश गर्नु उपयुक्त हुन्छ ।

यी ७ चीज, जसले इम्यूनिटी पावर बढाउन सहयोग गर्छ :

ब्रोकाउली

बोकाउलीमा भिटामिन सी अत्याधिक मात्रामा हुन्छ । आधा कप ब्रोकाउलीमा ४३ प्रतिशत भिटामिन सी हुन्छ । अमेरिकाको इएचई हेल्थका फिजिशियन डा. सीमा सरीनले भनेका छन्,‘ब्रोकाउलीमा फाइटोकेमिकल्स र एन्टीअक्सिडेन्टको मात्रा भरपूर हुन्छ जसले हाम्रो इम्यूनको मजबुत बनाउँछ ।

चना

चनामा प्रोटिन  अत्याधिक हुन्छ ।  एकेडेमी अफ न्यूट्रिसन एण्ड डाइटेटिक्सका अनसार चनाले एन्जाइमलाई सन्तुलनमा राख्छ, जसबाट हाम्रो शरीरले ठीक तरिकाले काम गर्न सक्छ ।  डाइटिशियन एमिली वन्डरका अनुसार चनामा प्रचुर मात्रामा जिंक पाइन्छ जसले इम्यून सिस्टम र इम्यून रेस्पोन्सलाई नियन्त्रणमा राख्न सक्छ ।

रातो क्याप्सिकम

रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक टुक्रा क्याप्सिकनमा  करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । जुन सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुन्छ । २०१७ मा नेशनल इन्स्टीट्यूट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन सी शरीरमा त्यी कोशिकाहरूलाई मजबूत बनाउँछ, जसले इम्यूनिटी बढाउँछ ।

लसुन

लसुन खाँदामा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने विज्ञहरू बताउँछन् । लसुनको सेवनले  उच्च रक्तचाप तथा मुटुरोगको खतरा कम गराउँछ । यस्तै यसमा पाइने सल्फर यौगिकका कारण संक्रमणबाट लड्ने क्षमतामा वृद्धि हुन्छ । लसुनको सेवनले इम्यूनिटी समेत बढ्दछ ।

च्याउ

च्याउ भिटामिन डीको स्रोतहरूमध्ये एक हो । च्याउको सेवनले क्याल्शियम बढाउँछ जसले हड्डीलाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ । साथसाथै यसले इम्यूनिटी पावर बढाउनमा सहयोग गर्छ ।

पालक

पालकमा भिटामिन सी र एन्टीअक्सिडेन्ट्स अत्याधिक मात्रामा हुन्छ । जसले हाम्रो शरीरमा रहेको कोशिकाहरूलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । पालकमा भिटा क्यारोटिन समेत पाइन्छ, जुन भिटामिन एको मुख्य स्रोत हो । भिटामिन ए ले इम्यून फंक्शनको सही ढंगले चलाउनका लागि सहयोग गर्छ ।

दही

दही प्रोबायोटिक्सको सबैभन्दा राम्रो स्रोत हो ।  यसमा भएको ब्याक्टेरियाले पाचन प्रणाली तथा इम्यून सिस्टमलाई सही राख्दछ । केही अध्ययनहका अनुसार दहीको सेबनले प्रोबायोटिक्सको सामान्य रुघाखोकी तथा इन्फ्लूएन्जाजस्ता संक्रमणसँग पनि प्रभावकारी ढंगले लड्दछ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ३९ बजे

सपनामा सर्प देख्नु शुभ कि अशुभ ?

काठमाडौं– मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो

प्रधानमन्त्री पत्नीलाई ‘प्रथम महिला’ सम्बोधनले उठाएको प्रश्न– राष्ट्रपति पत्नीको चिनारी के हो ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले लेखेको पुस्तक

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु

एजेनसी– मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध

जापानमा हिम पहिरोको चेतावनी

एजेन्सी – जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने,

नेपाली सेनाको योगदान सह्रानीय : प्रदेश प्रमुख मियाँ

धनगढी– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको