म्यान्चेस्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो « Khabarhub

म्यान्चेस्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिगसँग ३–२ गोलले पराजित हुँदै युनाइटेड समूह चरण बाटै बाहिरिएको हो ।

घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन एन्गेलिनो, अम्डु हइडारा र जस्टिन क्लुभेर्टले एक–एक गोल गरे । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र पाउल पोग्बाले एक–एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा एन्गेलिनोको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । १३ औं मिनेटमा हइडाराले गोल गर्दै लाइपजिगको अग्रता दोब्बर पारे ।

६९ औं मिनेटमा जस्टिनले गोल गर्दै लाइपजिगलाई जिततर्फ अगाडि बढाए । ८० औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई केही राहत दिलाए । त्यसको दुई मिनेट पछि पोग्बाले गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

जितसँगै लाइपजिग समूह एचको विजेता बनेको छ । पराजित युनाइटेड समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ०५ बजे

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

झापा– प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक

स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज खाद्य प्रविधि

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख

कांग्रेसद्वारा बारा सभापति राजेश राय यादव निलम्बित

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई

रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार

त्रिवेणी– रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ