यी हुन बेलुकी चाँडै खाना खानुका फाइदा « Khabarhub

यी हुन बेलुकी चाँडै खाना खानुका फाइदा


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  व्यस्त जीवनशैलीका कारण धेरैजसो मानिसहरुको बेलुका ढिला खाना खाने बानी हुन्छ ।

तर बेलुका ढिला खाना खानु स्वास्थ्यको लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । सकभर बेलुकीको खाना छिटो खानु स्वास्थ्यको दृष्टिले धेरै राम्रो मानिन्छ ।

यस्ता छन् बेलुका छिटो खाना खानुका फाइदाः

१. तौल नियन्त्रणमा रहन्छ । यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्।

२. छाती पोल्दैन। अधिकांश मानिसको खाना खाएपछि सिधै ओच्छ्यानमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन ।

३. अधिक उर्जा पाउन सकिन्छ। बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ ।

४. हल्का महशुस हुन्छ। यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ।

५. गहिरो निन्द्रा पर्छ। राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन। यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ।

६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ। जति खाना खायो, उति नै पच्नुपनि पर्छ। खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ। यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ।

७. पेटको रोग कम हुन्छ। सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैँ सफा रहन्छ। पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैन। यसका अलावा छाला पनि चम्किलो हुन्छ।

८. चाहेको खान सकिन्छ। चाँडै खाना खाँदा तपाईं आफैँ निर्धारण गर्न सक्नुहुन्छ के– के खाने भनेर। यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकी खाना पहिले नै पचिसकेको हुनेछ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ४० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र