विभाजनको १६ महिनापछि साझा र विवेकशीलबीच फेरि एकता | Khabarhub Khabarhub

विभाजनको १६ महिनापछि साझा र विवेकशीलबीच फेरि एकता


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील नेपाली दल र साझा पार्टीबीच दोस्रो पटक पार्टी एकता भएको छ ।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहने गरी दुई दलबीच एकीकरण भएको हो । दुबै दलबाटसचिवालयमा १३/१३ जना तथा केन्द्रीय कमिटीमा ६५/६५ जना सदस्य रहेका छन् ।

एकता सम्झौतामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।

वरियतामा पहिलो रहेका मिश्र पार्टीको अध्यक्ष र दोस्रो वरियतामा रहेका पाण्डेलाई संयोजक बनाइएको छ । यी दुई पार्टीबीच २०७४ साउन ११ गते पहिलोपल्ट एकता भएको थियो।

एकता भएको २३ महिनापछि फेरि जोडिएका दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्ने गरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहेको जनाइएको छ ।

यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै राखिएको छ ।

सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख छ ।

यस्तो छ एकीकरण घोषणापत्र

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ११ बजे

प्रचण्डले भने- अबको दिन माओवादीको हुनेछ

बैतडी– नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख

गणतन्त्रमा राजा वीरेन्द्रको सम्पत्तिबाट झण्डै २९ करोड आम्दानी

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्तिबाट सरकारलाई

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, कर्णालीको बेरुजु ४५ करोड ९४ लाख

सुर्खेत– महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख

सरकारका यी ११२ संस्थान र निकाय, जहाँ भेटिएन एक रुपैयाँ पनि बेरूजु

काठमाडौं– महालेखापरीक्षकको कार्यलयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सरकारी कार्यलय