कांग्रेसभित्र इमान्दार नेतृत्वको खाँचो छ : नेता सिंह « Khabarhub

कांग्रेसभित्र इमान्दार नेतृत्वको खाँचो छ : नेता सिंह


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका–३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा बोल्दै उनले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताए ।

“राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो”, उनले भने ।

पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकार संविधान र संघीयताको मर्म र भावना विपरीत हिँडेको आरोप लगाए ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल कांग्रेस विधि र विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताए ।

पूर्वउद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाए ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेलगायतले स्वर्गीय कोइरालाले नेपाली कांग्रेसमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ९ : २२ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच