कांग्रेसभित्र इमान्दार नेतृत्वको खाँचो छ : नेता सिंह | Khabarhub Khabarhub

कांग्रेसभित्र इमान्दार नेतृत्वको खाँचो छ : नेता सिंह


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका–३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा बोल्दै उनले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताए ।

“राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो”, उनले भने ।

पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकार संविधान र संघीयताको मर्म र भावना विपरीत हिँडेको आरोप लगाए ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल कांग्रेस विधि र विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताए ।

पूर्वउद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाए ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेलगायतले स्वर्गीय कोइरालाले नेपाली कांग्रेसमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ९ : २२ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्