माइनस सात डिग्रीको चिसो छिचोल्दै सीमानामा गस्ती | Khabarhub Khabarhub

माइनस सात डिग्रीको चिसो छिचोल्दै सीमानामा गस्ती


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ ।

हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आएका हुन् ।

केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताए । उनको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फको नेपाल क्षेत्रको पनि अनुगमन गर्ने गरेको छ ।

इन्चार्ज केसीले भने, ‘माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ ।’

यस वर्ष हिमपात भइसकेका कारण सेताम्मे क्षेत्रमा पनि कुनै अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि सुरक्षाकर्मी गस्ती गर्न निस्कने गरेको केसीले बताए ।

चार हजार ६०० मिटर अग्लो नारालेकमा गस्तीमा आउँदा बाक्लो हिमपातमा जानुपर्ने र हावा पनि लाग्ने भएका कारण समस्या हुने गरेको छ ।

पारिपट्टि चिनियाँहरु पक्की घरमा बस्दै आएका भए पनि नेपाली सुरक्षाकर्मीलाई आफ्नै भवनमा बस्ने व्यवस्था नभएका कारण भाडाको घरमा बस्नुपरेको उनले बताए ।

सीमा सुरक्षा गर्नु पहिलो कर्तव्य भएका कारण आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाकर्मी लागिपरेको उनले बताए । हिल्सा कर्णाली नदीको तीरमा गहिरो खोँचमा भएका कारण हिउँदको समय घाम पनि थोरै लाग्ने गर्दछ । दिनमा एकपटक ११ बजेतिर मात्रै घाम लाग्ने गरेको उनले बताए ।

हावा पनि त्यत्तिकै चल्ने भएको हुँदा त्यहाँ बस्ने टोलीको दैनिकी भने कष्टकर हुने गरेको उनले बताए । मङ्सिरदेखि चैत महिनासम्म हिमपातका कारण नारालेकमा आवतजावत गर्न हिउँ जमेका कारण बन्द हुने गरेको छ ।

सीमा सुरक्षाचौकीमा खटिने सुरक्षाकर्मीका लागि छ महिना पुग्ने रासनपानी, दाउरा र अन्य बन्दोबस्तीका सामान हिल्सामा पुगिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए ।

अन्य सञ्चारमाध्यम नभएको हिल्सामा चौकीका लागि प्रधान कार्यालयमा सम्पर्क हुने गरी एक लाइन भिस्याट फोन जडान गरिएको छ । त्यो लाइन पनि घाम लागेको दिन मात्र सञ्चालनमा आउने र अन्य दिन सम्पर्कविहीन अवस्थामा बस्नुपर्ने इन्चार्ज केसीले बताए ।

हालसम्म बन्दोबस्तीको कुनै समस्या नभएको र दुई जना सुरक्षाकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए ।

केही जटिल किसिमका बिरामी आए हेलिकोप्टबाट उद्धार गर्नुको अन्य विकल्प नभएको उनले बताए ।

ती स्वास्थ्यकर्मीले हिल्सामा बस्ने अन्य १२ सर्वसाधारणलाई पनि बिरामी परेको बेला उपचार गर्दै आउने गरेको बताइएको छ ।

हालसम्म हिल्सामा नेपाल प्रहरीको सुरक्षाकर्मी हिउँदमा नबसेको समयमा सीमा सुरक्षाचौकी स्थापना भएको वर्ष सीमा नाका सशस्त्र प्रहरीको टोली बस्न शुरु गरेको छ ।

नेपाल प्रहरीको हिल्सामा रहेको चौकी केही समय अगाडि जिल्लामा फिर्ता भइसकेको छ । हिल्सा बिओपीमा २२ सुरक्षाकर्मीले सीमा सुरक्षा दिँदै आएका छन् भने १२ स्थानीय नागरिक बस्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ५५ बजे

भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि  ‘राजनीतिकरण’ को विरोध

बेइजिङ– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो

नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द,

जब खोलामा नआएको बाढी बबरमहलमा उर्लियो (तस्बिरहरू)

काठमाडौं- बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको एउटा टोली ड्रिल मेशिनसहित

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा

काठमाडौं– सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि भूमिसम्बन्धी