२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको जानकारी दिएको छ ।  जसमध्ये  १ हजार ४४ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २४, धनकुटामा ३, मोरङमा ३७, संखुवासभामा ३ र सुनसरीमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ६, बारामा ३, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ३, सर्लाहीमा २ र सिरहामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा ४०२, काभ्रेमा २४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ६, भक्तपुरमा ३४, मकवानपुरमा १६, रसुवामा २, ललितपुरमा १ सय ५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १०, तनहुँमा २, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ४ र स्याङजामा ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा १५, नलवपरासीमा ८, पाल्पामा १३, पाल्पामा १३, प्यूठानमा २, बर्दियामा ६, बाँकेमा ३४, रोल्पामा १ र रुपन्देहीमा २४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा २, रुकुम पश्चिममा ५, सल्यानमा २ र सुर्खेतमा ४ जना कोरोना संक्रमित थपिएका छन् भने  सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १५, कैलालीमा १५, डडेल्धुरामा ६, डोटीमा १, बझाङमा ३ र बैतडीमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका