ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज « Khabarhub

ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपतीय चुनावमा पराजय भएर पनि हार अस्वीकार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ ।

मत बदरको माग दाबीसहित टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध भएको दाबी गर्दै  सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले उक्त माग दाबीसहितको मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ ।

मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नै नरहेको जनाएको छ ।

सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँने कानूनी आधार नै छैन ।’

यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा पनि खारेज गरेको थियो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज मतमध्ये बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । तर उनको उक्त परिणामलाई ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ०४ बजे

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक