ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज | Khabarhub Khabarhub

ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपतीय चुनावमा पराजय भएर पनि हार अस्वीकार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ ।

मत बदरको माग दाबीसहित टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध भएको दाबी गर्दै  सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले उक्त माग दाबीसहितको मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ ।

मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नै नरहेको जनाएको छ ।

सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँने कानूनी आधार नै छैन ।’

यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा पनि खारेज गरेको थियो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज मतमध्ये बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । तर उनको उक्त परिणामलाई ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ०४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला