४ करोड ९६ लाखभन्दा बढी व्यक्तिले जिते कोरोना « Khabarhub

४ करोड ९६ लाखभन्दा बढी व्यक्तिले जिते कोरोना


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ४ करोड ९६ लाख २५ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड १४ लाख नाघेको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख नाघेको छ ।

बितेको २४ घण्टामा १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख ३८० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ६१८ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६२ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ३५ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु