सानीभेरीमा मोटरेबल पुल « Khabarhub

सानीभेरीमा मोटरेबल पुल


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- मध्यपहाडी लोकमार्ग हुँदै प्रदेश राजधानी सुर्खेत जोड्न रुकुम पश्चिम सानीभेरी नदीमा मोटरेबल पुल निर्माण गरिएको छ ।

सानीभेरी गाउँपालिका–८ को मध्यपहाडी लोकमार्ग  र ३ नम्बरको गरायला जोड्ने गरी बनेको यो पुलबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै देशका अधिकांश ठाउँमा जान सकिने छ ।

पुल निर्माण भएपछि सल्यान घुमेर सुर्खेत जानुपर्ने बाध्यता टरेको छ । पुल निर्माणपछि प्रदेश राजधानी पुग्न झण्डै १६८ किलोमिटर दूरी मात्रै पार गर्नुपर्ने छ । यो पुल नबन्दा सल्यान भएर ३४० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता थियो ।

उक्त पुल पाँच वर्षअघि नै बन्नुपर्ने हो तर निर्माण कम्पनीको लापरबाहीले तीन पटकसम्म म्याद थपेर बल्ल पुल निर्माणको काम सकिएको हो ।

पुलले प्रदेश राजधानी सुर्खेतका साथै सानीभेरी गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडासमेत जोडेको छ । आठबीसकोट नगरपालिका र डोल्पा जोड्ने सडकका लागि पनि यो पुल महत्वपूर्ण मानिएको छ ।

सिम्लीबाट यो पुल तरेर गरायलाबाट रिम्ना जाजरकोट हुँदै सुर्खेत जान सजिलो हुन्छ भने उत्तरपट्टीका वडा सानीभेरी गाउँपालिकासँग सजिलै जोडिएका छन् ।

पुल निर्माणको जिम्मा बीक्यु विल्डर्स, काठमाडौँले लिएको थियो । पुलमा सवारी साधन गुड्न थालिसकेका छन् ।

सात करोड ८२ लाखको लगानीमा पुल निर्माणको काम सकिएको सडक डिभिजन कार्यालय, चौरजहारीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : २० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले