सानीभेरीमा मोटरेबल पुल « Khabarhub

सानीभेरीमा मोटरेबल पुल


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- मध्यपहाडी लोकमार्ग हुँदै प्रदेश राजधानी सुर्खेत जोड्न रुकुम पश्चिम सानीभेरी नदीमा मोटरेबल पुल निर्माण गरिएको छ ।

सानीभेरी गाउँपालिका–८ को मध्यपहाडी लोकमार्ग  र ३ नम्बरको गरायला जोड्ने गरी बनेको यो पुलबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै देशका अधिकांश ठाउँमा जान सकिने छ ।

पुल निर्माण भएपछि सल्यान घुमेर सुर्खेत जानुपर्ने बाध्यता टरेको छ । पुल निर्माणपछि प्रदेश राजधानी पुग्न झण्डै १६८ किलोमिटर दूरी मात्रै पार गर्नुपर्ने छ । यो पुल नबन्दा सल्यान भएर ३४० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता थियो ।

उक्त पुल पाँच वर्षअघि नै बन्नुपर्ने हो तर निर्माण कम्पनीको लापरबाहीले तीन पटकसम्म म्याद थपेर बल्ल पुल निर्माणको काम सकिएको हो ।

पुलले प्रदेश राजधानी सुर्खेतका साथै सानीभेरी गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडासमेत जोडेको छ । आठबीसकोट नगरपालिका र डोल्पा जोड्ने सडकका लागि पनि यो पुल महत्वपूर्ण मानिएको छ ।

सिम्लीबाट यो पुल तरेर गरायलाबाट रिम्ना जाजरकोट हुँदै सुर्खेत जान सजिलो हुन्छ भने उत्तरपट्टीका वडा सानीभेरी गाउँपालिकासँग सजिलै जोडिएका छन् ।

पुल निर्माणको जिम्मा बीक्यु विल्डर्स, काठमाडौँले लिएको थियो । पुलमा सवारी साधन गुड्न थालिसकेका छन् ।

सात करोड ८२ लाखको लगानीमा पुल निर्माणको काम सकिएको सडक डिभिजन कार्यालय, चौरजहारीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : २० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते