नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने « Khabarhub

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।

समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्कसहित चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो ।

अन्य चार खेलमा नेपाल पराजित भएको थियो । नेपालले कुवेतसित दुई खेल तथा जोर्डन र अष्ट्रेलियासित एक एक खेल हारेको थियो । चाइनिज ताइपेई अङ्कविहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौँ स्थानमा छ ।

विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ । बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको एन्फा प्रवक्ता राईले जानकारी दिए ।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए। त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ११ : ०० बजे

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

एजेन्सी– इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा

रविलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलको आदेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च

इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण

एजेन्सी– इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा

म्युजिकल फिल्मबाट चिनाइँदै बाहाने पोखरी र राई संस्कृति (तस्बिरहरू)

काठमाडौं– नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएर पनि प्रचार प्रसारको अभावमा