खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गरेका छन् ।

बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए ।

“कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।”

आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क छ ।

कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्लाअध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबालगायतले स्व सिग्देलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १२ : ५० बजे

आहा ! ढोरपाटन

ढोरपाटन– यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता,

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु

काठमाडौं– मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण

सडकमा टायर बालेर नेविसंघको प्रदर्शन, १० जना समातिए 

काठमाडौं– विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना

विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्को समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक