बाइडेनको जित अस्वीकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज « Khabarhub

बाइडेनको जित अस्वीकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ ।

अमेरिकाको सर्वोच्च अदालतले मुद्दा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्दा खारेज गरिदिएको हो ।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको छ । टेक्सास, जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरि अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् । त्यसप्रति असन्तुष्टि जनाउदै उनले विभिन्न राज्यका अदालतहरुमा मुद्दा दायर गरेका थिए ।

ती अदालतहरुले पनि ट्रम्पको मागलाई अस्वीकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो ।

प्रतिस्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै उनले नतिजा अस्वीकार गर्ने संकेत गरेका थिए । सबै अदालतहरुले उनको मागलाई अस्वीकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन । उनले आगमी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १ : ०६ बजे

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक