के हो ब्रोनकाइटिस ? यी हुन लक्षण र उपचार « Khabarhub

के हो ब्रोनकाइटिस ? यी हुन लक्षण र उपचार


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडोमा छातीसम्बन्धि समस्यासँगै ब्रोनकाइटिसको समस्या धेरै हुने गर्दछ । विशेषगरी ब्रोनकाइटिसको जोखिममा बालबालिका तथा वृद्धवृद्धा हुन्छन् । त्यस्तै, धुमपान गर्नेहरुमा पनि यसको जोखिम धेरै हुने गर्छ ।

ब्रोनकाइटिसको समस्या विशेषगरी, भाइरस, व्याक्टेरिया, धुमपान वा रसायनिक पदार्थको सम्पर्कमा आउनाले हुने गर्छ । जब श्वास नलीको टिस्यू उत्तेजित हुन्छ, तब त्यसमा रहेका रौले काम गर्न बन्द गर्छन् । जसका कारण श्वास नलीमा खकार भरिएर थप उत्तेजित हुन्छ ।

परिणामस्वरुप ब्रोनकाइटिसका समस्या भएका व्यक्तिमा गाढा रङ्गको खकारका साथमा अत्यधिक खोकीको समस्या हुने गर्छ । ब्रोनकाइटिस भएमा श्वासनली सुन्निने गर्छ । जसका कारण बिरामीले फोक्सोको सहायताले पर्याप्त मात्रामा अक्सिजन वा हावा लिन सक्दैनन् ।

लक्षण
ब्रोनकाइटिसका लक्षणमा जलन पैदा हुनु, सुन्निनु, खोकी लाग्नु, सेतो, हरियो वा खैरो रङ्गको खकार जम्मा हुनु, घाँटी खसखस हुनु, थकान महसुस हुनु, ज्वरो आउनु, रुघाखोकी, छाती दुख्नु वा नाकबाट सिँगान बग्नु प्रमुख लक्षण हुन् ।

उपचार
– दूधमा दुई चम्चा मह मिसाएर पिएमा तुरुन्तै खोकी कम हुन्छ ।
– एक चिम्टी बेसारलाई एक गिलास दूधमा उमालेर एक चम्चा घ्यूका साथ खालीपेटमा दैनिक तीन पटक खाएमा ब्रोनकाइटिसको समस्या कम हुँदै जान्छ ।
– अदूवा र दालचिनीलाई बराबर पिसेर धुलो बनाई आधा गिलास पानीमा एक चम्मा हालेर उमाल्ने तात्तातै सेवन गरे बिस्तारै राहत मिल्दछ ।
– अदूवा र हर्रोलाई आधा चम्चा चूर्णलाई दुई चम्चा सख्खरमा मिसाएर सेवन गर्नाले ब्रोनकाइटिसको समस्याबाट राहत महसुस हुन्छ ।
– १५ ग्राम महमा पाँच ग्राम अदूवाको धुलो मिलाएर एक महिना नियमित सेवन गर्ने ।
– नियमित स्याउको सेवन वा दुई चम्चा अमलाको रसको सेवनले गरे फाइदा मिल्छ ।
– तीन पोटी लसुनलाई काटेर दूधसित उमाली राती सुत्नु अघि ब्रोनकाइटिसका बिरामीले यसको सेवन जति गर्न सक्यो उति नै फाइदाजनक हुन्छ ।
– त्यसबाहेक, धुमपानबाट टाढा रहनुका साथै कफिन तथा अल्कोहलको सेवन गर्नबाट बच्नु पर्छ ।
– रुघाखोकी लागेका व्यक्तिबाट टाढा रहने, निमोनिया विरुद्धको खोप लगाउने र चिसो तथा प्रदुषणबाट बचेमा ब्रोनकाइटिसले भेट्न सक्दैन ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : ४४ बजे

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो