संवैधानिक परिषदको बैठकमा देउवा सहभागी नहुने | Khabarhub Khabarhub

संवैधानिक परिषदको बैठकमा देउवा सहभागी नहुने


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि बोलाएको परिषद्को बैठकमा सभापति देउवा सहभागी हुन नसक्ने उनी निकट स्रोतले जानकारी दिएको हो ।

उनका अनुसार २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जनाएका हुन ।

कांग्रेसले यसअघि नै मङ्सिर २९ गते सरकारको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । प्रदर्शनको एक दिन अगाडि संवैधानिक परिषदको बैठक बोलाइएकोप्रति कांग्रेस नेताहरुले समेत आशंका गरेका छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै लेखेका छन्, ‘कांग्रेसको पूर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलु या बाह्य कुनैपनी भेला, छलफल या बैठक, हाम्रो प्राथमिकतामा रहन्न ! मंसिर २९ मा, जुट्ने छौं हामी सडकमा, सर्वसत्तावादको विरुद्धमा !’

यस्तो छ शर्माको ट्वीट

परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । तर, बैठकमा देउवा उपस्थित नहुने भएपछि आइतबारको बैठक प्रभावित हुने देखिएको छ ।

संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ ।

परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ ।

प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।

जानकारहरूका अनुसार संवैधानिक आयोगहरूमा हुने नियुक्तिमा सत्तापक्ष र प्रतिपक्षबीच भागबण्डा मिल्न नसक्दा समस्या निम्तिदै आएको छ । सत्तापक्ष र प्रतिपक्षमात्र होइन, सत्तारुढ नेकपाभित्रै समेत भागबण्डा नमिलेको बताइन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ४ : ४५ बजे

अग्नि सापकोटाविरुद्ध मुद्दाको फैसला सुनाउने तयारी

काठमाडौं– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च

लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने 

काठमाडौं– सुपरमादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य नाफाबाट

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २

लुटपाटको अभियोगमा पक्राउ

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जना पक्राउ