अमेरिकामा ३ लाख ५ हजार संक्रमितको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा ३ लाख ५ हजार संक्रमितको मृत्यु


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३०९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५ हजार ८२ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ६५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २० हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ४४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६५ लाख ९९ हजार ९५९ जनामध्ये २७ हजार ५२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४८ बजे

केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र