अमेरिकामा ३ लाख ५ हजार संक्रमितको मृत्यु « Khabarhub

अमेरिकामा ३ लाख ५ हजार संक्रमितको मृत्यु


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३०९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५ हजार ८२ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ६५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २० हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ४४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६५ लाख ९९ हजार ९५९ जनामध्ये २७ हजार ५२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४८ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान