‘जात्रै जात्रा’ का कलाकार भन्छन् – जीवन जात्रा हो « Khabarhub

‘जात्रै जात्रा’ का कलाकार भन्छन् – जीवन जात्रा हो


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘जात्रै जात्रा’ को गीत सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको यो गीतलाई युट्युबममा ओएसआर डिजिटलमार्फत ‘जीवन जात्रा हो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा फिल्ममा मुख्य तीन कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बनियाँले अभिनय गरेका छन् । गीतलाई फिल्मको कथा अनुसार वास्तविक बनाउन खोजिएको छ ।

उक्त गीतमा अर्जुन भट्टराईका शब्द छन् भने कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर सुन्न सकिन्छ । यस्तै गीतमा बिजु कर्माचार्यको मिक्सिङ र रिकेश गुरुङको एरेन्ज छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म डार्क कमेडी विधामा निर्माण गरिएको हो । तीन पात्रको जीवनमा आउने उतारचढावलाई कथानक बनाइएको यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, कालु राणा, अंशु महर्जन लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

फिल्ममा कार्यकारी निर्मातामा रविन्द्रसिंह बनियाँ छन् भने सिंगे लामो र योगेश्वर पौडेलको निर्माण रहेको छ । चलचित्र जेठ ३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : १७ बजे

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को