पल्सर स्पोर्टस् अवार्ड पुस २८ मा हुने « Khabarhub

पल्सर स्पोर्टस् अवार्ड पुस २८ मा हुने


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड पुस २८ गते हुने भएको छ ।

एनएसजेएफले आइतबार पत्रकार सम्मेलन गरी आयोजक अवार्डको मिति सार्वजनिक गरेको हो । स्पोर्ट्स अवार्डको १७ औं संस्करण सेमी फर्चुअल रुपमा गर्ने आयोजकले जनाएको छ ।

कोरोना भाइरसका कारण समयमा आयोजना हुन नसकेको अवार्ड यसपटक पुसमा हुने भएको हो । अघिल्ला वर्षहरुमा स्पोर्ट्स अवार्ड जेष्ठ महिनामा गरिन्थ्यो।

यसवर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मानित हुनेछन् । वर्ष उत्कृष्ट महिला/पुरुष खेलाडीदेखि एसियाली खेल पत्रकारसम्म सम्मानित हुने अवार्ड विभिन्न १० विधामा प्रदान गरिनेछ ।

जसमध्ये ४ विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ट महिला/पुरुष वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

टाइटल स्पोन्सर बजाजले एनएसजेफलाई समग्रमा ३० लाख हाराहारी उपलब्ध गराउने गरि सम्झौता भएको एनएसजेफका अध्यक्ष दुर्गा सुवेदीले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ३ : ५५ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७