संवैधानिक परिषदको बैठकमा पुगेनन् देउवा र सभामुख सापकोटा « Khabarhub

संवैधानिक परिषदको बैठकमा पुगेनन् देउवा र सभामुख सापकोटा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्‍निप्रसाद सापकोटा पनि अनुपस्थित भएका छन् ।

यसअघि आइतबार बिहान नौ बजेका लागि डाकिएको थियो । परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या अपुग भएको छ ।

सभापति देउवा सरकारविरुद्ध हुन लागेको आन्दोलनमा सहभागी हुन मकवानपुर पुगेका कारण बैठकमा उपस्थित हुन नसकेका हुन् ।

सभामुख सापकोटाले पूर्वनिर्धारित तालिका अनुसार अन्य कार्यक्रममा सहभागी भएका कारण बैठकमा उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ । प्रतिपक्षी नेता देउवाले पनि बैठकमा नआउने खबर पठाएका थिए ।

बालुवाटारमा बस्‍ने भनिएको बैठकमा सहभागी हुन प्रधानन्यायाशीध चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पुगेका थिए । ६ सदस्यीय संवैधानिक परिषद बैठकमा अध्यक्षसहित ५ जना सदस्य उपस्थि हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ०१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६