प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास होः बाँस्कोटा « Khabarhub

प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास होः बाँस्कोटा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् ।

प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने बताउँदै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले महाधिवेशन र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास हुने जिकिर गरे ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको जनाउँदै पूर्वमन्त्री बाँस्कोटाले राजनीति र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गरे । “बहुमत सदस्यले आफ्नो दृष्टिकोण भने राख्न सक्नेछन्”, उनले भने ।

अर्काे प्रसङ्गमा उनले राजनीतिका नाममा हिंसा र व्यक्ति हत्या स्वीकार्य हुन सक्दैन भन्दै कम्युनिष्टका नाममा भएको व्यक्ति हत्याको भत्सर्ना गरे।

पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबिनका लागि पद त्याग गर्नु उचित हुने विचार पनि उनले राखे ।

संवैधानिक निकायका खाली पदमा हुने नियुक्ति सिफारिशका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले अन्यथा त्यस्ता निकाय कमजोर हुने र सरकारले बाध्य भई अध्यादेश ल्याउन सक्ने धारणा राखे ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ०७ बजे

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८२-८३ को असार २४ गतेसम्म पाँच

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले