सैफ अली खानले भने– प्लीज तैमुरको पिछा गर्न छोडिदिनुस् | Khabarhub Khabarhub

सैफ अली खानले भने– प्लीज तैमुरको पिछा गर्न छोडिदिनुस्


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सैफ अली खान आफ्नो दुई वर्षको छोरा तैमुरका कारण बेलाबेलामा तनावमा आउनुपर्ने अवस्था आउँछ । मिडियाले उनको बच्चालाई गरेको ‘पिछा’ ले सैफलाई वाक्क बनाइसकेको छ । सैफका अनुसार तैमुरलाई यसरी पिछा गर्न जरुरी नै छैन ।

हालै भारतको एअरपोर्टमा तैमुरको अत्यधिक तस्वीर लिएपछि सैफले बोले, ‘बन्द गर्नुस्, बच्चा दृष्टिविहीन होला ।’

त्यसको केही दिनपछि प्रहरीले सैफ–करीनाका घरका बाहिर फोटोपत्रकारको भीडलाई तितर–बितर बनाएका थिए । यो घटनापछि धेरैले अनुमान लगाएका थिए, सैफले प्रहरीमा उजुरी समेत गरेका छन् । सैफका अनुसार पत्रकारका कारण उनको जीवनमा पनि समस्या परिरहेको छ ।

सैफले फोटोपत्रकारको भीडलाई बेलाबेलामा भन्ने गर्छन् – प्लीज तैमूरलाई पिछा गर्न छोड्दिनुस् । ऊ कोही स्टार होइन, एक सामान्य बच्चा हो ।

यता सैफकी पत्नी करीना कपूर पनि तैमुरलाई लिएर निकै चिन्तित हुन थालेकी छिन् । सैफ–करीनाले बच्चालाई सामान्य जीवन दिन चाहन्छन् तर जहाँ पुग्यो, त्यहीँ मिडियाले पिछा गर्न आइपुग्छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : ३७ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना