सैफ अली खानले भने– प्लीज तैमुरको पिछा गर्न छोडिदिनुस् « Khabarhub

सैफ अली खानले भने– प्लीज तैमुरको पिछा गर्न छोडिदिनुस्


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सैफ अली खान आफ्नो दुई वर्षको छोरा तैमुरका कारण बेलाबेलामा तनावमा आउनुपर्ने अवस्था आउँछ । मिडियाले उनको बच्चालाई गरेको ‘पिछा’ ले सैफलाई वाक्क बनाइसकेको छ । सैफका अनुसार तैमुरलाई यसरी पिछा गर्न जरुरी नै छैन ।

हालै भारतको एअरपोर्टमा तैमुरको अत्यधिक तस्वीर लिएपछि सैफले बोले, ‘बन्द गर्नुस्, बच्चा दृष्टिविहीन होला ।’

त्यसको केही दिनपछि प्रहरीले सैफ–करीनाका घरका बाहिर फोटोपत्रकारको भीडलाई तितर–बितर बनाएका थिए । यो घटनापछि धेरैले अनुमान लगाएका थिए, सैफले प्रहरीमा उजुरी समेत गरेका छन् । सैफका अनुसार पत्रकारका कारण उनको जीवनमा पनि समस्या परिरहेको छ ।

सैफले फोटोपत्रकारको भीडलाई बेलाबेलामा भन्ने गर्छन् – प्लीज तैमूरलाई पिछा गर्न छोड्दिनुस् । ऊ कोही स्टार होइन, एक सामान्य बच्चा हो ।

यता सैफकी पत्नी करीना कपूर पनि तैमुरलाई लिएर निकै चिन्तित हुन थालेकी छिन् । सैफ–करीनाले बच्चालाई सामान्य जीवन दिन चाहन्छन् तर जहाँ पुग्यो, त्यहीँ मिडियाले पिछा गर्न आइपुग्छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : ३७ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक