सरकारको विरोध गर्दै नेविसंघद्वारा सिठ्ठी जुलुस | Khabarhub Khabarhub

सरकारको विरोध गर्दै नेविसंघद्वारा सिठ्ठी जुलुस


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ ।

नेविसंघले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारको गतिविधिको विरोध गर्दै सिठ्ठी जुलुस निकालेको हो ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ ।

त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको सिठ्ठी जुलुसमा सहभागीहरुले आरोप लगाए ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जनताले दिएको दुईतिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केही पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिठी जुलुस निकालिएको बताए ।

त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको गतिविधि लोकतन्त्र विरोधी भएकाले जुलुस निकालिएको जनाए । उनले अबका दिनमा पनि सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेसले सोमबार सरकारको विरोध गर्दै देशभर प्रदर्शनको तयारी गरेको छ । मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : १५ बजे

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत