शिक्षक हत्यापछि मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस स्थापना « Khabarhub

शिक्षक हत्यापछि मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस स्थापना


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एक शिक्षकको हत्या गरेपछि सरकारले मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस खडा गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको गत मंगलबार हत्या भएपछि सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५१ जना सुरक्षाकर्मीको संयुक्त सुरक्षा बेस खडा गरेको हो ।

आइतबार स्थापना गरिएको संयुक्त बेस क्याम्पमा सशस्त्र प्रहरीको ३६ सुरक्षाकर्मीको नेतृत्व प्रहरी निरीक्षक सुमन बुढाथोकीले गरेका छन् भने १५ नेपाल प्रहरीको नेतृत्व प्रहरी निरीक्षक मिलन थापाले गरेका छन् ।

विप्लव समूहको आपराधिक गतिविधि बढेपछि त्यस क्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै संयुक्त सुरक्षा बेस क्याम्प राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिएका छन् ।

विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई गत मंगलबार घाँटी रेटी हत्या गरेपछि मिक्लाजुङ क्षेत्रमा त्रास छाएको छ ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्रमा सर्च गरिरहेको छ ।

७७ जिल्लामै बढाइयो सुरक्षा सतर्कता

विप्लव नेपाल प्रहरीले बुधबार नै मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।

कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिँदै सुरक्षा सतर्कता उच्च बनाउन  निर्देशन दिइएको जनाएका छन् ।

शिक्षक हत्याको भोलिपल्ट गत बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो ।

गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट  चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो ।

यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।

प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । छयालीस जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

यसबीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एक/एक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ ।

यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : १७ बजे

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले