नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह « Khabarhub

नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो ।

सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८.७१ बिन्दुमा पुग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बजार बढेर एक हजार २३२.३० बिन्दुमा पुगेको छ ।

बैंक र बीमा उपसमूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै नयाँ वर्ष लागे पनि शेयर बजारमा स्थायी लेखा नम्बर(प्यान) समेत लागू भएको छ । रु पाँच लाखभन्दा बढीको शेयर कारोवारमा प्यान लागू हुने व्यवस्था गरिएको छ ।

स्टकका अनुसार यस साता बजारमा वाणिज्य बैंक समूहकै बोलवाला रह्यो । एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै कुमारी बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, नेपाल बैंक, सिभिल बैंक, एनसिसी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ ।

स्टकका अनुसार बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पछि वाणिज्य बैंककै बोलावाल रहे । यस साता दुई कम्पनीको शेयर सूचीकृत भए । स्टकमा सिनर्जी फाइनान्स कम्पनीको तीन लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेस्टमेन्ट बैंकको एक करोड ९४ लाख ४३ हजार ८२ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  २ : ४५ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि