नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह « Khabarhub

नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो ।

सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८.७१ बिन्दुमा पुग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बजार बढेर एक हजार २३२.३० बिन्दुमा पुगेको छ ।

बैंक र बीमा उपसमूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै नयाँ वर्ष लागे पनि शेयर बजारमा स्थायी लेखा नम्बर(प्यान) समेत लागू भएको छ । रु पाँच लाखभन्दा बढीको शेयर कारोवारमा प्यान लागू हुने व्यवस्था गरिएको छ ।

स्टकका अनुसार यस साता बजारमा वाणिज्य बैंक समूहकै बोलवाला रह्यो । एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै कुमारी बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, नेपाल बैंक, सिभिल बैंक, एनसिसी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ ।

स्टकका अनुसार बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पछि वाणिज्य बैंककै बोलावाल रहे । यस साता दुई कम्पनीको शेयर सूचीकृत भए । स्टकमा सिनर्जी फाइनान्स कम्पनीको तीन लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेस्टमेन्ट बैंकको एक करोड ९४ लाख ४३ हजार ८२ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  २ : ४५ बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार