अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाइँदै | Khabarhub Khabarhub

अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाइँदै


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ ।

कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप आजबाट लगाउन लागिएको हो ।

अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।

पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै आजबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ३५ बजे

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,