प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको हुनसक्ने देउवाको आशंका « Khabarhub

प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको हुनसक्ने देउवाको आशंका


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

सोमवार सरकारविरुद्ध हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण जनताले ‘राजा आऊ देश बचाऊ’ को नारा लगाएको दाबी गरे ।

सम्बोधनका क्रममा देउवाले भने, ‘ओली नै तत्कालीन राजासँग मिलेको भए त थाहा छैन, होइन भने कसरी आन्दोलन भएको छ ?’

सभापति देउवाले ओली सरकार नै राजावादीहरुको आन्दोलनको जिम्मेवार रहेको समेत बताए । साथै उनले नेपालमा पुनः राजा नआउने पनि प्रष्ट पारे ।

देउवाले निर्मला पन्तको हत्या भएको लामो समय भएको तर अपराधी पक्राउ नपरेकोप्रति शंका गर्दै अभियुक्त पक्राउ नपर्नुको कारण पार्टीको मान्छेको संग्लग्नता हुनसक्ने बताए । ‘शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म निर्मला पन्तको हत्यारालाई पक्राउ गरेको छैन, उसको पार्टीको मान्छेको संग्लग्नता छैन भने किन पक्राउ गर्दैन ?,’ उनले भने ।

देउवाले नेपालमा भ्रष्टाचार र बलात्कारका घटना बढेको र कोरोनाको महामारीका बेला पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाए ।

सम्बोधनका क्रममा देउवाले नेपालमा एकदलीय सर्वसत्तावादी शासन लागु गर्न खोजेको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको व्यङ्ग्य गर्दै भने, ‘आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

आज कांग्रेसले ७७ वटै जिल्लामा सरकारविरोधी प्रदर्शन गरेको छ । कांग्रेसले सरकारले राम्रो काम गर्न नसकेको, भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ३ : ३५ बजे

शिक्षा र प्रविधिमा नेपाल-चीन सहकार्य सुदृढ बनाउने सहमति

काठमाडौँ– नेपाल र चीनबीच शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुदका क्षेत्रमा

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

कास्की– गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क

‘नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधारका लागि धेरै काम बाँकी’

काठमाडौँ – नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधार निर्माणको धेरै काम

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले

लाप्राक नमूना बस्ती (तस्बिर)

गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको