प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको हुनसक्ने देउवाको आशंका | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको हुनसक्ने देउवाको आशंका


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

सोमवार सरकारविरुद्ध हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण जनताले ‘राजा आऊ देश बचाऊ’ को नारा लगाएको दाबी गरे ।

सम्बोधनका क्रममा देउवाले भने, ‘ओली नै तत्कालीन राजासँग मिलेको भए त थाहा छैन, होइन भने कसरी आन्दोलन भएको छ ?’

सभापति देउवाले ओली सरकार नै राजावादीहरुको आन्दोलनको जिम्मेवार रहेको समेत बताए । साथै उनले नेपालमा पुनः राजा नआउने पनि प्रष्ट पारे ।

देउवाले निर्मला पन्तको हत्या भएको लामो समय भएको तर अपराधी पक्राउ नपरेकोप्रति शंका गर्दै अभियुक्त पक्राउ नपर्नुको कारण पार्टीको मान्छेको संग्लग्नता हुनसक्ने बताए । ‘शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म निर्मला पन्तको हत्यारालाई पक्राउ गरेको छैन, उसको पार्टीको मान्छेको संग्लग्नता छैन भने किन पक्राउ गर्दैन ?,’ उनले भने ।

देउवाले नेपालमा भ्रष्टाचार र बलात्कारका घटना बढेको र कोरोनाको महामारीका बेला पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाए ।

सम्बोधनका क्रममा देउवाले नेपालमा एकदलीय सर्वसत्तावादी शासन लागु गर्न खोजेको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको व्यङ्ग्य गर्दै भने, ‘आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

आज कांग्रेसले ७७ वटै जिल्लामा सरकारविरोधी प्रदर्शन गरेको छ । कांग्रेसले सरकारले राम्रो काम गर्न नसकेको, भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ३ : ३५ बजे

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन

खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने