पुस १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको निर्णय « Khabarhub

पुस १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको निर्णय


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि हल खोल्ने घोषणा गरेको छ ।

सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भन्दै गतवर्षको चैत्र ६ गतेदेखि नेपालमा सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोनाका बेला गरिएको लकडाउनपछि अन्य क्षेत्र खुला गरिए पनि फिल्म क्षेत्र भने खुला गरिएको छैन । सरकारले अझै पनि फिल्म क्षेत्र खुलाउनेबारे कुनै जानकारी दिएको छैन ।

यसैबीच हलवालाहरुको संगठन नेपाल चलचित्र संघले सोमबार पत्रकार सम्मेलन गरी हल खोल्न लागिएको बताएको हो ।

यसअघि फिल्मकर्मीले पटकपटक अवस्था सामान्य भइसकेको भन्दै हल खुला गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । तर, सरकारले भने कोरोनाको जोखिमै रहेको भन्दै हल खोल्न अनुमति दिएको थियो ।

चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले हरेक पटक हल खोल्नेबारे आश्वासन दिए पनि पहल नगरेपछि बाध्य भएर एकतर्फी हल खोल्ने निर्णय गरेको बताए ।

यसअघि पनि हल सञ्चालकले सरकारले हल खोल्न अनुमति नदिए हलको चाँबी सरकारलाई बुझाउने चेतावनी दिएका थिए ।

हल व्यवसायीहरुले फिल्म हलमा ५० प्रतिशत दर्शक राख्ने र सुरक्षाका मापदण्ड अपनाएर हल खोल्ने तयारी थालेको बताएका छन् । यसो गर्दा बिस्तारै फिल्म क्षेत्रमा चलायमान हुन निर्माता शर्माले बताए ।

यो निर्णयसँगै नेपाल चलचित्र संघले विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डसमेत अपनाई चलचित्र घर सञ्चालन गर्ने जनाएको छ ।

साथै संघले ९ बुँदे मागसमेत राखेको छ । मागमा चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने? चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत महसुलको डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाहा हुनुपर्ने, मौद्रिक निति चलचत्रि क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने लगायत उल्लेख छन् ।

यस्तै मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, कर तथा शुल्कहरु वि.सं. २०७८ सम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने र चलचित्र घरका लागि आवश्यक उपकरण तथा सामग्रीहरुमा भन्सार छुट हुनुपर्ने लगायतका माग संघले राखेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै