हिटलरकी प्रेमिका जसले विवाहको भोलिपल्टै गरेकी थिइन् आत्महत्या « Khabarhub

हिटलरकी प्रेमिका जसले विवाहको भोलिपल्टै गरेकी थिइन् आत्महत्या


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इतिहासका सबैभन्दा क्रुर तानाशाह एडोल्फ हिटलरको १३० औ जन्मदिन हो आज ।

उनको जन्म २० अप्रिल १८८९ मा अस्ट्रियामा भएको थियो । हिटलर यस्ता व्यक्ति थिए जसलाई पूरै दुनियाले एक क्रुर तानाशाहको रुपमा लिन्छ । तर कम मानिसमात्र लाई थाहा छ कि हिटलर एक युवतीसँग प्रेममा परेका थिए जोसँग विवाह पनि भयो । तर उनको विवाह १ दिन मात्र टिक्यो ।

इतिहासकारहरुका अनुसार हिटलरको पहिलो प्रेम एक युवतीसँग भएको थियो । जो यहूदी थिइन् । तर हिटलरसँग ति युवतीसँग प्रेम प्रस्ताव राख्ने हिम्मत थिएन ।

इवा ब्राउन एक यस्ती किशोरी थिइन् जसले हिटलरको दिल जितेकी थिइन् । उनीहरुको पहिलो भेट म्यूनिखमा भएको थियो ।

हिटलरको जब इबासँग भेट भयो त्यसबेला उनको उमेर ४० वर्षको थियो भने इवाको उमेर मात्र १७ वर्ष ।

हिटलरले शुरुदेखि नै आफ्नो र इवाको सम्वन्धलाई लुकाउने कोशिश गरेका थिए । उनी चाहँदैन थिए कि मानिसले आफ्नो देशसँगको माया बाहेर अन्य कुरामा माया व्यक्त नगरुन् ।

इवा ब्राउन र हिटलरको विवाह जर्मनीमा भएको थियो । उनीहरुले २९ अप्रिल १९४५ मा गरेका थिए र हिटलरले उनलाई पत्नीको दर्जा दिएका थिए ।

हिटरको इबासँगको विवाह एक दिन मात्र चलेको थियो ।जर्मन तानाशाह हिटलर र इबाबीच २९ अप्रिलमा विवाह भएको थियो तर विवाहको भोलिपल्ट नै इवाले आत्महत्या गरिन् । उनी दुश्मनको सैनिकको हातबाट पक्राउ पर्ने डरले विवाहको भोलिपल्टै आत्महत्या गरेकी थिइन् ।

विवाहको भोलिपल्ट अर्थात ३० अप्रिलमा आफ्ना स्टाफसँग भेटेपछि हिटलरले आफ्नो प्यारो कुकुर, विरालोलाई विष दिएका थिए । उनी पत्ता लगाउँन चाहन्थे कि विष कत्तिको प्रभावकारी भयो । उनी यो कुरालाई लिएर डराएका थिए कि साइनाड ट्याप्लेटले काम गरेन भने पक्राउ परिन्छ । तर विषले कुकुर विरालो म¥यो । फेरि करिब दुई बजे भोजनका लागि हिटलर तथा उनकी पत्नी इवा आसपास आफ्नो कोठामा गएका थिए ।

केही बेरपछि कर्मचारीले कोठामा गोली चलेको आवाज सुने । जब कोठाको ढोका खोले तब दुबै जना जमिनमा मृत अवस्थामा फेला परेका थिए । हिटलरले आफूले आफैंलाई गोली हानेका थिए र इवाले साइनाड क्याप्सुल आएर आफ्नो ज्यान दिएकी थिइन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ४ : ४९ बजे

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो