यो हो ‘राष्ट्रिय कविता महोत्सव’मा प्रथम भएको कविता- ‘नेपालको गीत’ « Khabarhub

यो हो ‘राष्ट्रिय कविता महोत्सव’मा प्रथम भएको कविता- ‘नेपालको गीत’


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छन्। उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो।

यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘संकल्प’ ले द्वितीय स्थान हासिल गरेको छ।

सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन्।

प्रथम स्थान हासिल गर्न सफल भैरवी भूगोलको कविता यस्तो छ-

शीर्षक : नेपालको गीत

ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ –
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको सिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको विरुवा
विकास गरौँ –
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरुमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरुका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियुन्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखुन् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरु ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
सिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन ,पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहुन्
मेरा सन्ततीहरू
गाइरहुन् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : ३१ बजे

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०