यस्तो छ बैठकमा उपस्थित नहुनुको कारणबारे सभामुखको प्रष्टोक्ति (प्रेसनोटसहित) « Khabarhub

यस्तो छ बैठकमा उपस्थित नहुनुको कारणबारे सभामुखको प्रष्टोक्ति (प्रेसनोटसहित)


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले उनी मंगलबार संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुनुको कारणबारे प्रस्ट्याउँदै प्रेस नोट जारी गरेको छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८ः३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक रहेको र त्यसको अध्यक्षता स्वयम् भएको सभामुखले गरेको प्रेस नोटमा जनाइएको छ ।

त्यस दिन बिहान ९ बजे मात्रै परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको पनि प्रेस नोटमा स्मरण गराइएको छ ।

मंसिर ३० गतेको संवैधानिक परिषद् बैठकअघि सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ ।

राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्नेमा सभामुखको स्पष्ट मान्यता रहेको जनाइएको छ ।

नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई स्मरण गर्दै प्रेस नोटमा भनिएको छ– ‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नुभएको छ ।’

सभामुख सापकोटा संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत रहेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जनाएका छन् ।

यस्तो छ प्रेस नोट

सम्माननीय सभामुखको सचिवालय
प्रतिनिधिसभा, संघीय संसद
प्रेस नोट

संवैधानिक परिषद्को मिति २०७७ साल मंसिर २८ र ३० गतेको बैठकमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिलाई लिएर उठेका प्रश्न स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ : ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको यस अघि नै जानकारी गराइसकिएको छ । स्मरण रहोस्, त्यस दिन विहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो ।

जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो । राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।

नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ ।

उहाँले संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आउनु भएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ ।

उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ ।

श्रीधर न्यौपाने
प्रेस विज्ञ,
२०७७ मंसिर ३०

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : ०२ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर