यस्ता छन् बाथ रोगको कारण र उपचार विधि | Khabarhub Khabarhub

यस्ता छन् बाथ रोगको कारण र उपचार विधि


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाथलाई मेडिकल भाषामा ‘अर्थाइटिस’ भनिन्छ । सामान्य बोलीचालीको भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग भनेर पनि बाथरोगलाई चिनिन्छ ।

जुनकुनै उमेर समूहका व्यक्तिमा पनि देखिन सक्ने यो रोगले निकै सताउँछ । प्रायजसो घुँडाको जोर्नीमा देखिने यो समस्या शरीरको कुनै पनि अंगमा हुन सक्छ । तर पुरुषको तुलनामा महिला, वृद्धवृद्धा र मोटोपन भएका व्यक्ति बाथरोग सयभन्दा बढी किसिमका हुने गर्छन् ।

बाथरोगका बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिसले समयमा उपचारसमेत पाउन नसकेका छैनन् ।

ओस्टियो अर्थाइटिसः बुढ्यौली, चोटपटक वा संक्रमणका कारण जोर्नी खिइने प्रक्रियालाई ओस्टियो अर्थाइटिस भनिन्छ । यो बाथ हुनेहरुमध्ये सबैभन्दा बढी देखिने बाथरोग हो । यसबाहेक जोर्नीसम्बन्धी विभिन्न रोगका कारण पनि जोर्नी खिइने हुन सक्ने चिकित्सक बताउँछन् । जोर्नी खिइने समस्या अन्तिम चरणमा पुगिसकेको अवस्थामा जोर्नी फेरेर उपचार गर्नुपर्छ ।

बाथ गठिया रोगः बाथ गठिया रोग दुई प्रकारका हुन्छन्,सिरो पोजेटिभ र सिरो नेगेटिभ इस्पोन्डलो अर्थाइटिस । रोगसँग लड्ने क्षमताले नै यस्तो बाथरोग निम्त्याउँछ । रगतमा बाथ रोगको लक्षण देखिन्छ । अर्थात प्रतिरोधी क्षमताले जोर्नीलाई नै खाने काम गर्छ । बाथरोगमध्ये सबैभन्दा घातक रोग यही हो । यसले छोटो समयमा नै जोर्नीहरुमा असर पुर्याएर अंगमा विकार ल्याउने चिकित्सक बताउँछन् ।

युरिक एसिडः शरीरमा हुने विकार वस्तु हो,युरिक एसिड । यसलाई कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर फालिन्छ । कतिपय अवस्थामा युरिक एसिड बढी उत्पादन हुन्छ । जसले गर्दा रगतमा जम्मा भएर जोर्नीमा गएर बस्छ । यसले गर्दा जोर्नी दुख्ने वा सुन्निने हुन्छ । खासगरी खानपानमा ध्यान दिन नसक्दा युरिक एसिड बढ्छ । युरिक एसिड बढ्न नदिन रातो मासु,जाँड रक्सी,कोल्ड ड्रिक्स,जंकफुड आदि खानेकुराबाट टाढा रहनुपर्छ । प्रशस्त पानी,कागती पानी,अमिलो फलफुल,जेरी जस्ता खानेकुराले युरिक एसिडको मात्रालाई घटाउन सकिन्छ ।

लक्षणः यो रोगबाट ग्रसित हुनेहरु उठ्ने बस्ने ओरालो हिँडडुल गर्न निकै सास्ती हुन्छ । ऐयाआत्था भनेर गनगन गरिरहेका परिवारका सदस्यलाई साँच्चै नै तपाईंको खाँचो यसकारण छ कि यस्तो अवस्थाका मानिसहरुको जोर्नी सुन्निने, जोर्नी दुख्ने, जोर्नी चलाउन गाह्रो हुने अथवा सीधा तान्न वा खुम्च्याउन गाह्रो हुने हुन्छ । सामान्यतया जोर्नी धेरै किसिमका हुन्छन् । यसले विशेषगरी जोर्नीको लिगामेन्टमा असर पुर्याउँछ । यसबाहेक बिहानको समयमा जोर्नीहरु बढी दुख्ने,ज्वरो आउने,आलस्य हुने,कमजोर महसुस हुने हुन्छ । यो जुनकुनै उमेर समूहका मानिसमा देखा पर्न सक्छ ।

कारणः बाथरोग अटोइम्युनी अर्थात शरिर भित्रैबाट हुने रोग हो । तसर्थ यसको विशेष कारण हुँदैन । तर,केही प्रतिशतमा वंशाणुगत गुणका कारणले बाथ हुने गर्छ । अत्यधिक धुम्रपान र मध्यपान पनि बाथरोगका कारण हुन् । सामान्यतया बाथरोग सरुवा रोग होइन । तर,कुष्टरोग भाइरल डिजिज,लाइट डिजिजजस्ता सरुवारोगका कारण पनि थोरै प्रतिशतमा बाथरोग हुन सक्छ ।

उपचारः रोग लागीसकेपछि औषधी उपचार गर्नुको विकल्प रहँदैन । त्यसैले औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके जीवनयापन सहज बनाउन सकिन्छ । बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्ने, बायोलोजिकल एजेन्टस्बाट उपचार गर्ने, बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी गर्नुपर्छ ।

यसले जोर्नी वरपरको लिगामेन्ट र मासंपेशीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ । यसबाहेक दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ । बेलैमा उपचार गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार मुख बार्नुपर्छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ५३ बजे

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही

नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमित, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं– नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र