नेकपाको केन्द्रीय समिति बैठक पुस १० मा बस्ने, अध्यादेश पनि फिर्ता हुने | Khabarhub Khabarhub

नेकपाको केन्द्रीय समिति बैठक पुस १० मा बस्ने, अध्यादेश पनि फिर्ता हुने


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको केन्द्रीय समिति बैठक पुस १० का लागि सारिएको छ ।

बुधबारको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक ५ दिन पछि सार्ने निर्णय गरेको हो । त्यसअघि स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि फिर्ता लिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पार्टीका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एजेण्डामा असहमति जनाउँदै बैठकमा सहभागी नभएपछि बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो।

बैठकअघि दुई ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ बीच भएको भेटवार्तामा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय बमोजिम अघि बढ्ने, मंगलबार सरकारले ल्याएको अध्यादेश फिर्ता लिने तथा विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने जस्ता समझदारी भएपछि बैठक बसेको ओली निकट स्रोतको दाबी छ ।

ओली पनि सहभागी भएलगत्तै बसेको स्थायी कमिटी बैठकले संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने  पनि निर्णय गरेको नेकपा प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ०९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड