क्रिसमस मनाउँदा मास्क अनिवार्य लगाउन डब्लुएचओको आह्वान « Khabarhub

क्रिसमस मनाउँदा मास्क अनिवार्य लगाउन डब्लुएचओको आह्वान


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।

क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको हो । संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

विगतमा खुल्लारुपमा क्रिसमस मनाउन पाइएको भएपनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन संगठनले विशेष जोड गरेको छ । क्रिसमस मनाउने क्रममा हेलचक्रयाइँ गरियो भने युरोपभरी नै कोरोनाभाइरसको महामारी फेरी अझ बढ्ने खतरा भएको तर्फ चिन्ता व्यक्त गरिएको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्यसम्वन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुनसक्ने उल्लेख गरेको छ ।

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनु पर्ने र सँगसगै काम गर्नुपर्ने तर्फ पनि संगठनले सवैको ध्यानाकर्षण गराएको छ । “हामीले महामारी थप नफैलिँदै ख्याल गरियो र उच्च सावधानी अपनाइयो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, नत्र ठूलो क्षति हुने र व्यवस्थापन गर्न गाह्रो हुने खतरा हुन्छ”, संगठनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ ।

बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने भएकाले संवेदनशील हुन पनि विश्व स्वास्थ्य संगठनले सवैलाई अनुरोध गरेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै बास्यस्थानमै मनाउन र बाहिर जानै परेमा मास्को पूर्ण प्रयोग गर्न संगठनले पटकपटक अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : २७ बजे

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा