९ महिनामा आजबाट नेपाल-भारत नियमित हवाई उडान « Khabarhub

९ महिनामा आजबाट नेपाल-भारत नियमित हवाई उडान


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा आज सुरू हुँदैछ ।

कोभिड-१९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि आज नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान गर्दैछ ।

नेपाल एयरलाइन्सले साढे ११ बजे दिल्लीका लागि उडान गरे पनि एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै उडान गर्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले खबरहबलाई  जानकारी दिए ।

‘९ महिनामा नेपाल-भारत नियमित उडान हुँदैछ, यात्राका लागि कुनै रोकटोक छैन तर पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ,’ उनले भने । यात्रु संख्यामा पनि कुनै सीमा नतोकिएको उनले जनाए ।

नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको थियो । भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत २१ मुलुकसँग दुईपक्षीय उडान सम्झौता गरिसकेको छ।

हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् । केही समयपछि उडान संख्या बढाउँदै लाने तयारीसमेत भएको उनले जनाए ।

दिल्ली-काठमाडौँ नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको थियो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ९ : १२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो