युट्युबको ट्रेन्डिङ एकमा 'दाल भात तरकारी', कमेन्ट सेक्सन अफ ! | Khabarhub Khabarhub

युट्युबको ट्रेन्डिङ एकमा ‘दाल भात तरकारी’, कमेन्ट सेक्सन अफ !


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक हप्ताअघि रिलिज गरिएको फिल्म ‘दाल भात तरकारी’ युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लेको छ ।

मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म दर्शकले युट्युबमा हेरेका छन् ।

तर, निर्माण टिमले युट्युबमा दर्शकलाई कमेन्ट गर्न नमिल्ने बनाएको छ । हलमा रिलिज हुँदा पनि दर्शक र समीक्षकबाट ज्यादै नकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई युटयुबमा कमेन्ट गर्न नमिल्ने बनाइएको हो ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ ।

फिल्ममा भद्दा मजाक र लाउड अभिनय भएको भन्दै हरिवंश आचार्य र निरुता सिंहले गरेको अभिनयको टिप्पणी गरिएको थियो । हलमा रिलिज हुँदा नै नकारात्मक प्रतिक्रिया आएकाले मह टिमले कमेन्ट नै हटाएको हुनसक्ने आँकलन गरिएको छ ।

यो समाचार तयार पार्दासम्म फिल्मलाई २२ लाख ५८ हजारभन्दा बढीले हेरेका छन् ।

फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । रमिला आचार्य, नरेन्द्र कंसाकार, यमन श्रेष्ठ र सुदन केसीले फिल्म निर्माण गरेका हुन् ।

दीर्घ गुरुङको छायांकन रहेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १ : ३५ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल