देशभर २४ घण्टामा ७७६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा ७७६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७४९ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सिरहामा १ र सर्लाहीमा १ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा २७३, काभ्रेमा ७, चितवनमा १४, दोलखामा १, धादिङमा ६, नुवाकोटमा १०, भक्तपुरमा ४१, मकवानपुरमा २, रसुवामा १०, ललितपुरमा ४९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेशको कास्कीमा ४५, गोरखामा ४, तनहुँमा ११, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, मुस्ताङमा ३, लमजुङमा १३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ७, पाल्पामा ७, प्यूठानमा २, बर्दियामा ७, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा २५ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २, सल्यानमा ३ र सुर्खेतमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ३५, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ९ र बैतडीमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ४ : २४ बजे

राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख !

काठमाडौं– नोबेल पुरस्कार बिजेता चर्चित अस्थित्ववादी लेखक अल्बर्ट कामूले ‘द

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार

भिजिट भिसा प्रकरण : एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा जेठ १५

युएसएडका सयौँ गाडी र मोटसाइकल थन्किए चोभारमा (तस्बिरहरू) 

काठमाडौं– अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध