दमक अस्पतालमा आगलागीबाट ६० लाखको क्षति « Khabarhub

दमक अस्पतालमा आगलागीबाट ६० लाखको क्षति


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक–१ स्थित दमक अस्पतालमा २ महिना अघि भएको आगलागीबाट ६० लाख भन्दा बढिको क्षति भएको ठहर भएको छ ।

बिहीबार नगरपालिकाले गठन गरेको छानविन समितिले अस्पतालमा भएको क्षतीको विवरण सार्वजनिक गरेको हो ।
गत कार्तिक २९ गते दिउँसो करिव साढे २ बजे लागेको आगलागीबाट ६० लाख ८६ हजार २ सय २४ रुपैँयाका औषधि, उपकरण तथा स्वास्थ्य सम्बन्धी सामाग्रीमा क्षति भएको समितिले जनाएको छ ।

क्षति भएका मध्ये ३२ लाख ७ हजार ७ सय ५५ रुपैँयाका सामग्री तथा उपकरणहरु पुनः प्रयोग गर्ने मिल्ने र बाँकी २८ लाख ७८ हजार ४ सय ६९ रुपैँया बराबरका स्वास्थ्य सामग्रीहरु पूर्ण रुपमा जलेका छन् । यी सामग्रीहरु निक्रिय गराईने अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा नगर उप प्रमुख गीता अधिकारीले जानकारी दिइन ।

आगलागीपछि नगरपालिकामार्फत अस्पतालको व्यवस्थापन समितिमा रहेका बाहेकका ७ जना पदाधिकारीसहितको छानबिन समिति गठन भएको थियो । वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा गठित समितिले बिद्युत सर्ट भएर आगोलागी भएको र अव तत्काल सुधार गर्न ३ शीर्षकमा सुझाव समेत अस्पताल व्यवस्थापन समितिलाई दिएको छ ।

२०७३ सालमा हेल्थ पोष्टबाट स्तरउन्नति भएर दमक अस्पताल बनेको यो अस्पताल जिल्ला स्तरको एक मात्र सरकारी अस्पताल हो । हाल यहाँ १५ शय्यासहित २४ सै घण्टा प्रसुतिसहित विभिन्न आकस्मिक सेवाहरुको प्रवाह भईरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ४ : ४८ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए