नेप्से दोहोरो अंकले घट्यो, ६ अर्ब ७६ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्से दोहोरो अंकले घट्यो, ६ अर्ब ७६ करोडको कारोबार


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अंकले घटेर बजार बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० बिन्दुले ओरालो लागेर २०३२.५१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०४ बिन्दुले घटेर ३८५.९४ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर रु ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज लघुवित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपसमूह भने ९.२८ ले उकालो लागेको हो । त्यस्तै, बैंकिङ ११.४, व्यापार ५८.०१, होटल ३२.०६, विकास बैंक १६.६८, जलविद्युत् २७.३६, वित्त ८.३९, निर्जीवन बीमा १३५.५९, उत्पादन ३५.१, अन्य ३२.४५, जीवन बीमा २७४.२७ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८० करोड २५ लाख ८३ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५५ करोड ४० लाख ३३ हजार ४१८, नेपाल बैंक लिमिटेड रु ३७ करोड ८७ लाख ६५ हजार ७४३, नागरिक लगानी कोष रु २६ करोड १७ लाख ३५ हजार ७१५, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड ५३ लाख १८ हजार ३४९, एनआइसी एशिया बैंक रु २३ करोड ८६ लाख ११ हजार १६४, शिखर इन्स्योरेन्स कम्पनी रु १६ करोड ९१ लाख १२ हजार ९२८ र हिमालयन डिस्टिलरी रु १६ करोड ७५ लाख १८ हजार ७१७ बराबरको कारोबार भई शीर्ष स्थानमा छन् ।

कारोबार भएका कूल कम्पनीहरुमध्ये ४५ कम्पनीको शेयर उकालो लाग्दा ११७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै ११ कम्पनीको भने कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा माहुली सामुदायिक लघुवित्त ९.९३, माउण्टेन इनर्जी ९.७९, छ्याङदी हाइड्रोपावर ९.६६, सारथी नेपाल लघुवित्त ६.२२, आरएमडिसी ५.८८, सूर्योदय लघुवित्त ५.३८, मिर्मिरे माइक्रोफाइनान्स ४.७१, सिटिजन इन्भेस्टमेन्ट बैंक ४.६८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ४.५२ प्रतिशतले कमाएका छन् ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंक ७.५१, नेपाल बैंक लिमिटेड ६.२५, खानीखोला हाइड्रोपावर ५.९३, नेपाल पुनरबीमा कम्पनी ५.८१, माथिल्लो तामाकोशी ४.९८, ओरियन्टल होटल ४.११, एनसिसी बैंक ४ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ३९ बजे

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई मुआब्जा 

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित