मन्त्रिपरिषद बैठक : नियमित एजेण्डामा छलफल, अध्यादेश फिर्ताबारे कुरै भएन « Khabarhub

मन्त्रिपरिषद बैठक : नियमित एजेण्डामा छलफल, अध्यादेश फिर्ताबारे कुरै भएन


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ ।

आजको बैठकमा मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने अपेक्षा गरिएको थियो ।  तर अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए ।

उनका अनुसार मंगलबार अध्यादेश जारी गर्दा पनि अन्य मन्त्रीहरुलाई थाहा नदिइएको र आज पनि सो विषयमा कुनै छलफल नभएको बताए ।

उनले बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय नभएको जानकारी दिए ।

मन्त्रिपरषदमा छलफल नै नगरी जारी भएको अध्यादेश फिर्ता लिन पनि मन्त्रीहरूलाई जानकारी नदिई गर्न सकिने उनको भनाइ थियो ।

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश मंगलबारी जारी गरेको थियो ।

चौतर्फी विरोध भएपछि प्रधानम्नत्री  बुधबारको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : ४८ बजे

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै