आजबाट जोरबिजोर प्रणाली अन्त्य, गुड्न थाले सबै प्रकारका सवारीसाधन « Khabarhub

आजबाट जोरबिजोर प्रणाली अन्त्य, गुड्न थाले सबै प्रकारका सवारीसाधन


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर हटेसँगै सबैखाले सवारीसाधन गुड्न थालेका छन् ।

जोरबिजोर हटेसँगै सवारीसाधनमा यात्रुको चाप घटेको छ भने उपत्यकाका सडकमा सवारीको चाप बढेको छ ।

जोरबिजोर लागू हुँदासमेत सवारी साधनको चाप बढेको काठमाडौँ उपत्यकामा फेरि जामको समस्या पूर्ववत अवस्थामै पुगेको छ । कार्यालय समय र छुट्टीको समयमा उपत्यकामा धेरै जाम हुँदै आएको छ ।

यद्यपि जोरबिजोर लागू हुँदा सीमित सवारीसाधनमा हुँदै आएको यात्रुको चाप घट्ने अपेक्षा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

अब यात्रु तथा सवारीसाधन सञ्चालकले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमन तीब्र पारिने प्रजिअ पराजुलीले बताए ।

बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य गर्ने सहमति भएको थियो ।

जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी र मजदूरहरुले जोरबिजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएसँगै प्रशासन आफ्नो पूर्ववत निर्णयबाट पछि हटेको थियो ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो ।

बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नेछन् ।

यो मापदण्ड पूरा गर्न व्यवसायीहरू तयार रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ५६ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी