अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघ्यो


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २७७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख १७ हजार ९२८ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ७६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ९८२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ७६ लाख २६ हजार ७७० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ९१ हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७० लाख १७ हजार ७८५ जनामध्ये २८ हजार २०६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ३५ बजे

मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)

काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक

जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ ।  दशैंको पहिलो

जेन-जी आन्दोलनको प्रभाव : यूएईले भिसा रोक्दा लाखौँ नेपाली प्रभावित हुने

काठमाडौं– भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि नेपालीको

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने 

काठमाडौं– नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन

अर्थ मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी