फिफा दि वेस्टमा मेस्सी र रोनाल्डोको भोट कसलाई ? « Khabarhub

फिफा दि वेस्टमा मेस्सी र रोनाल्डोको भोट कसलाई ?


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा ‘दि वेस्ट’ अवार्ड जर्मन तथा ब्रार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्कीले जितका छन् ।

शुक्रबार बिहान उनी यस वर्षको फिफा दी वेस्ट अवार्डबाट सम्मानित भए । अघिल्लो वर्ष यही अवार्ड जितेको अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अन्तिम तीनको मनोनयनमा थिए ।

जसमा लेवान्डोस्कीले मेस्सी र रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेका छन् ।

च्याम्पियन्स लिग विजेता लेवान्डोकीका प्रतिद्वन्दीका रुपमा मनोनयनमा परेका विश्व फुटबल प्रसिद्ध फुटबलर मेस्सी र रोनाल्डोले कसलाई भोट गरे ? उनीहरुले पहिलो रोजाईमा को परे ? कि आफैँलाई हाले भन्ने जिज्ञासा आम फुटबल समर्थकको हुन सक्छ ।

 

मेस्सीले पहिलो नम्बरमा ब्राजिल तथा पेरिस सेन्ट जर्मनका स्टार खेलाडी आफ्ना पूर्व टिम मेट नेयमारलाई भोट गरेका छन् भने दोस्रो नम्बरमा विश्व विजेता केलियन एमबाप्पेलाई भोट गरेका छन् । उनले तेस्रो नम्बरमा च्याम्पियन्स लिग विजेता लेवान्डोस्कीलाई दिएका छन् ।

यता, रोनाल्डोले भने पहिलो भोट लेवान्डोस्की, दोस्रो भोट मेस्सी र तेस्रो भोट युवा स्टार एम्बाप्पेलाई हालेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : २४ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ