सन्दीप सवैभन्दा सफल बलर, जब क्रिश गेल नै बने शिकार « Khabarhub

सन्दीप सवैभन्दा सफल बलर, जब क्रिश गेल नै बने शिकार


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सवैभन्दा सफल बलर सावित भएका छन् ।

शनिबार राति भएको पञ्जावविरुद्धको खेलमा सन्दीपले शानदार प्रदर्शन गरे । उनले क्रिश गेलसहित महत्वपूर्ण तीन विकेट लिन सफल भए ।

दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलो विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका थिए । पहिलो बलमै छक्का हानेका राहुललाई लामिछानेले चौथोँ बलमा विकेट लिएका हुन् ।

यस्तै, दोस्रो ओभरमा लामिछानेलाई वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले चार चौका प्रहार गरे । विष्फोटक ब्याटिङमा चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे ।

खेलको तेह्रौँ ओभरमा बलिङमा आएका लामिछानेको पहिलो बलमा गेलले छक्का प्रहार गरेपछि दोस्रो बलमा उनी पेभेलियन फर्किए । पलिहो बलमा जस्तै दोस्रो बलमा पनि छक्का हान्न खोज्दा क्रिश गेल सन्दीपको शिकार बने । उनको बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । बाउन्ड्री नजिकै रहेका इन्ग्रामले बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे ।

इन्ग्रामले फालेको बललाई अक्सर पटेलले क्याच गरेर गेललाई आउट गरे । यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए ।

खेलको अन्तिम बलिङमा लामिछानेले मन्दीप सिंह धरापमा परे । लामिछानेको बलमा ठूलो सट खेल्न खोजेका सिंहको क्याच कासिगो रबदाले उम्काए । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।

दिल्लीकातर्फबाट सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिएका थिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए ।

जारी आईपीएलमा सन्दीपले यो सँगै पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ५९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।