सन्दीप सवैभन्दा सफल बलर, जब क्रिश गेल नै बने शिकार | Khabarhub Khabarhub

सन्दीप सवैभन्दा सफल बलर, जब क्रिश गेल नै बने शिकार


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सवैभन्दा सफल बलर सावित भएका छन् ।

शनिबार राति भएको पञ्जावविरुद्धको खेलमा सन्दीपले शानदार प्रदर्शन गरे । उनले क्रिश गेलसहित महत्वपूर्ण तीन विकेट लिन सफल भए ।

दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलो विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका थिए । पहिलो बलमै छक्का हानेका राहुललाई लामिछानेले चौथोँ बलमा विकेट लिएका हुन् ।

यस्तै, दोस्रो ओभरमा लामिछानेलाई वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले चार चौका प्रहार गरे । विष्फोटक ब्याटिङमा चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे ।

खेलको तेह्रौँ ओभरमा बलिङमा आएका लामिछानेको पहिलो बलमा गेलले छक्का प्रहार गरेपछि दोस्रो बलमा उनी पेभेलियन फर्किए । पलिहो बलमा जस्तै दोस्रो बलमा पनि छक्का हान्न खोज्दा क्रिश गेल सन्दीपको शिकार बने । उनको बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । बाउन्ड्री नजिकै रहेका इन्ग्रामले बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे ।

इन्ग्रामले फालेको बललाई अक्सर पटेलले क्याच गरेर गेललाई आउट गरे । यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए ।

खेलको अन्तिम बलिङमा लामिछानेले मन्दीप सिंह धरापमा परे । लामिछानेको बलमा ठूलो सट खेल्न खोजेका सिंहको क्याच कासिगो रबदाले उम्काए । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।

दिल्लीकातर्फबाट सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिएका थिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए ।

जारी आईपीएलमा सन्दीपले यो सँगै पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ५९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा