स्पोट्स अवार्ड – पिपुल्स च्वाईस अवार्डमा गौरीकादेखि मन्डेकाजीसम्म « Khabarhub

स्पोट्स अवार्ड – पिपुल्स च्वाईस अवार्डमा गौरीकादेखि मन्डेकाजीसम्म


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस अवार्ड विधामा पाँच खेलाडी मनोनयनमा परेका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मलेन गरी एनएसजेएफले मनोनित खेलाडीको नाम सार्वजनिक गरेको हो ।

जसमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उतकृष्ट प्रदर्शन गरेका खेलाडी मनोनयनमा छन् ।

सागमा चारस्वर्णसहित ७ पदक जितेकी गौरिका सिंह, साग रजत पदक विजेता भलिबलकी कप्तान अरुणा शाही, रजत पदक विजेता बास्केटबलकी कप्तान सदीना श्रेष्ठ, रजत पदक नै जीतेकी फुटबलकी सावित्रा भण्डारी (साम्बा) र दुई स्वर्ण पदक हात पारेका करातेका मन्डेकाजी श्रेष्ठ छन् ।

२०७६ को स्पोट्स अवार्डको मनोनयनमा पुरुष खेलाडीभन्दा महिला खेलाडीको व्रचश्व रहेको छ । पाँच जनामध्ये चार जना महिला खेलाडी मनोनित भएका छन् ।

No description available.

यस वर्षको अवार्डमा सागको प्रदर्शनकै आधारमा खेलाडी छनोट भएको आयोजक एनएसजेएmले बताएको छ । अघिल्लो वर्ष पिपुल्स च्वाइस अवार्ड भलिबलकी रेश्मा भण्डारीले जीतेकी थिइन् ।

सागमा नेपालले ५१ स्वर्णसहित २०७ पदक जीतेको थियो । यो नेपालले हासिल गरेको सबैभन्दा राम्रो सफलता हो ।

यस्तै, शुक्रबार ईसेवासँग भोटिङ पार्टनरका रुपमा पनि एनएसजेएफले सम्झौता गरेको छ । जसमा पिपुल्स च्वाइस अवार्डका मनोनित खेलाडीलाई ईसेवामार्फत् भोट गर्न सकिनेछ ।

विश्वभर रहेका नेपाली खेलकुद समर्थकले आफुलाई मन परेको उमेद्वारलाई ईसेवामार्फत् भोट गर्न सक्ने एनएसजेएफका सचिव गोविन्द रेग्मीले बताएका छन् ।

मनोनित खेलाडीको मतभार ५० प्रतिशत ईसेवामार्फत पाएको भोटको आधारमा हुनेछ भने २५ प्रतिशत फेसबुक र बाँकी २५ प्रतिशतमा १२.५ प्रतिशत खेल पत्रकारले गरेको भोटबाट र १२.५ प्रतिशत राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन हुनेछ। अवार्ड पुस २८ गते सेमि भर्चुअल माध्यममा हुनेछ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  २ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै