अध्यादेश फिर्ता नगरिए ‘डटेर लड्ने’ दाहाल-नेपाल पक्षको निष्कर्ष « Khabarhub

अध्यादेश फिर्ता नगरिए ‘डटेर लड्ने’ दाहाल-नेपाल पक्षको निष्कर्ष


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार पेरिस डाँडामा प्रदेश-१ का दाहाल-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने धारणा राखेका हुन् ।

अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले पार्टी भित्र देखिएको गलत प्रवृतिहरुका विरुद्धमा कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भने, “पार्टीलाई सर्वसत्तावादी र एकाधिकारवादी ढंगले सञ्चालन गर्ने रणनीतिविरुद्ध डटेर लाग्ने निष्कर्ष निकालेका छौं ।”

अध्यक्ष प्रचण्ड, नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनालले बैठकमा राखेको विषयबारे उनले भने, “कसैले पार्टी एकताका सैद्धान्तिक पक्ष कसैले एतिहासिक सन्दर्भ, कसैले आज भइरहेको समस्या र कसैले अब लिनुपर्ने बाटोबारे चर्चा गर्नुभयो । सबैको निष्कर्ष एउटै हो, हामी पार्टी विभाजित हुन दिने छैनौं । गलत प्रवृति हावी भइरहन पनि दिने छैनौं ।”

भेलामा प्रचण्डले आफ्नो प्रतिवेदन विधि र विधानको लागि भएको बताएका थिए । भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।

सहभागीहरुले आफूहरु पाँच सचिवालयका तर्फबाट कार्यकारी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनका पक्षमा रहेको बताएको केन्द्रीय सदस्य खतिवडाले जानकारी दिए । आफूहरुले कुनै गुटबन्दी नगरेको दाबी गर्दै उनले विधान उल्लंघन गर्नेले गुटबन्दी गरेको आरोप लगाए ।

संवैधानिक परिषद्सम्बन्धी सरकारले अध्यादेश ल्याएसँगै नेकपा विवादले नयाँ मोड लिएको छ । दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ५९ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर