पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु « Khabarhub

पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पश्चिम तथा मध्य तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि पातलो तुवालो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यो शुक्रबारको तुलनामा केही बढी तापक्रम हो । शुक्रबार यो वर्षकै सबैभन्दा कम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज काठमाडौँ उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : २५ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन